बाजुरा सदरमुकाम बन्द, सुरक्षाकर्मी परिचालन
नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बन्दसँगै बजारका गल्लीहरुमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।
अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

५ मंसिर २०७९, सोमवार १२:११ बजे प्रकाशित































