punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चुनावी सुरक्षाका सम्बन्धमा आयोगद्वारा नेपाली सेनासँग परामर्श

Chaupati
safha napa

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेर चुनावी सुरक्षाका विषयमा परामर्श गरेका छन् ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तेस्रो घेरामा रहेर सुरक्षा दिन लागेको सेनाका प्रमुखसँग भेटवार्ता गरेर थपलियाले सुरक्षामा कुनै कमजोरी रहन नदिन आग्रह गरेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेट्न प्रधान सेनापति शर्मा उनकै कार्यकक्षमा पुगेका थिए । भेटमा निर्वाचन आयुक्तहरू पनि सहभागी थिए ।

चुनावी सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा सम्हाल्दैछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेनालाई निर्वाचन सुरक्षाको जिम्मा दिइएको छ ।


२ मंसिर २०७९, शुक्रवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु