यस्तो रहेको छ आजको मौमस
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आजकाे मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान र बाँकी हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।
हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन माैसमविद्ले आग्रह गरेका छन् । साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुराेध गरिएकाे छ ।
२९ कात्तिक २०७९, मंगलवार ०७:४८ बजे प्रकाशित































