डा.तोसिमा कार्कीको उम्मेदवारी कायम रहने
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ। सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ।
निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि तोसिमाले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो।
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट दिएका थिए। सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले पनि तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो।
२८ कात्तिक २०७९, सोमवार १८:१४ बजे प्रकाशित































