punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटी प्रशासनमा अत्यावश्‍यक बाहेकका सबै सेवा एक साताको लागि स्थगित

Chaupati
safha napa

डोटी – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय डोटीले अत्यावश्यक बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरेको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ ।

प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको जानकारी गराइएको छ ।


२८ कात्तिक २०७९, सोमवार १७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु