punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु

Chaupati
safha napa

सिराहामा खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु भएको छ।मिर्चैया नगरपालिका(१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत(२७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज(२२ बस्ने नन्दलाल दासका छोरा १० वर्षीय नितेशकुमार दास छन्।

पौडी खेल्ने क्रममा डुबेर अलिहसन र नबि हसनको घटनास्थलमै मृत्यु भएको थियो भने नितेश कुमारको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


२८ कात्तिक २०७९, सोमवार १४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु