punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा चिसोसंगै बढे निमोनियाका बिरामी

Chaupati
safha napa

बैतडीमा चिसो बढेसंगै निमोनियाका बिरामी बढेका छन । निमोनियाले पाँच वर्ष मुनिका बालबालिका र वृद्धवृद्धाहरु बढि प्रभावित भएका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिए ।

अस्पतालमा उपचारका लागि आएका २ महिना देखि पाँच वर्ष मुनिका र वृद्धवृद्धामा निमोनिया बढी देखिएको उनको भनाइ छ । यस्तै जिल्ला अस्पतालमा ७/८ जना निमोनियका बिरामी भर्ना भएका सूचना अधिकारी पन्तले बताए । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि निमोनियाका बिरामी उपचारका लागि आउने गरेका सम्बन्धित स्वास्थ्य संस्थाहरुले जनाएका छन्।

निमोनिया देखिएका बालबालिका र वृद्धवृद्धाहरुलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ । निमोनिया फोक्सोमा हुने संक्रमण भएकाले यसबाट बच्न स्वास्थ्यको ख्याल राख्न आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने लगायतका लक्षण देखिने गरेको स्वास्थ्य प्रमुख योगेश प्रशाद भट्टले बताए ।

निमोनिया जाडो याममा बढि हुने गरेको उनले बताए । न्यानो भएर बसे, चिल्लो पिरो, चिसो कम खाएमा, निमोनिया नलाग्ने र यो भइहालेमा समयमै स्वास्थ्य संस्थामा गएर उपचार गराउन स्वाथ्य प्रमुख भट्टले सुझाव दिएका छन् । कडा खालको निमोनियाले ज्यान समेत जाने गरेकाले जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।


२८ कात्तिक २०७९, सोमवार १३:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु