punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न चार दिन मात्र बाँकी

Chaupati
safha napa

आजबाट राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न चार दिन मात्र बाँकी रहेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि प्रचारप्रसार गर्न चार दिनमात्रै बाँकी रहेको हो।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आम सभा, कोण सभा, बैठक, भेला वा चुनाव प्रचारप्रसारसम्बन्धी काम गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ।

मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले त्यस अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था छ।

 


२८ कात्तिक २०७९, सोमवार ०८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु