punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोरमा बस्ती नहटाउने: विष्णु पौडेल

Chaupati
safha napa

रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले विकासको नाममा कसैको उठिबास नहुने दाबी गरेका छन् । मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोरलगायत विकास योजना अगाडि बढ्दा त्यस क्षेत्रका नागरिकले घरबास जाने चिन्ता गरिरहेका बेला उनले कुनै पनि नागरिकको घरबार खोसेर विकास योजना अगाडि नबढाउने बताए ।

‘मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर दुवै विकास योजनाले नागरिकलाई आफ्नो स्थान छाडेर हिँड्ने गराउने छैनन् । बस्ती नहटाउने प्रतिबद्धता छ,’ उनले भने, ‘ विकासका नाममा स्थानीयको उठिबास हुँदैन ।’

आइतबार रुपन्देहीको सैनामैनामा आयोजित चुनावी प्रचार कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले परनिर्भर अर्थतन्त्रले मुलुक धरापमा परेको बेला ठूला परियोजनाहरू समयमा सक्न सकेर उपयोग गर्न सकेमात्र मूलक समृद्ध बन्ने बताए । ‘

यस क्षेत्रको औद्योगिक विकास गर्न, आर्थिक गतिविधि बढाउन र रोजगारी सिर्जना गर्न औद्योगिक क्षेत्र छिटोभन्दा छिटो सक्नुपर्नेछ,’ उनले भने, ‘ नदी नियन्त्रण, बस्ती संरक्षण र सिधा औद्योगिक कच्चा पदार्थ र सामाग्री सिधा ढुवानीका लागि तिनाउ दानव करिडोर अत्यावश्यक छ ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले स्वदेशी उद्योगको प्रवर्द्धन गरी व्यापार घाटा कम गर्न र मुलुकको अर्थतन्त्र बलियो बनाउन स्वदेशी उद्योगको प्रवर्द्धन, युवा र महिला उद्यमशीलता आवश्यक रहेको बताए ।


२७ कात्तिक २०७९, आइतवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु