punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कारले ठक्कर दिँदा एकजनाको मृत्यु

Chaupati
safha napa

भक्तपुरको सल्लाघारी डा. इवामुरा मेमोरियल अस्पताल नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सल्लाघारीबाट सैनिक स्कुलतर्फ आउँदै गरेको बा ७ च ०८१५ नं को कारले सैनिक स्कुल हुँदै सल्लाघारीतर्फ जाँदै गरेको बागमति प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय सन्दिप बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनापछि बस्नेतलाई नजिकै रहेको डा.इवामरा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । कार चालक २० वर्षीय आयुष कायस्थलाई प्रहरीको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२७ कात्तिक २०७९, आइतवार ११:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु