सेती किनारमा घाँटीमा डोरीले बाँधेको अवस्थामा नवजात शिशुको शव फेला
धनगढी, असार १६ । डोटीको दिपायल सिलगडीमा सेती नदी किनारमा घाँटीमा डोरीले बाँधेको अवस्थामा नवजात शिशुको शव फेला परेको छ। नगरपालिकाको वडा नम्बर ३ स्थित आयुर्वेदिक अस्पताल नजिक नदीको किनारमा शिशुको शव फेला परेको हो।
फेला परेको शव एक दिनकै बालिकाको रहेको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज रमेश बहादुर शाही शाहीले बताए।
यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।
१६ असार २०७७, मंगलवार ०३:२६ बजे प्रकाशित































