अख्तियारद्धारा कृषि ज्ञान केन्द्र कञ्चनपुरका कागजात नियन्त्रणमा
कञ्चनपुर,असार १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कञ्चनपुरका कागजात नियन्त्रणमा लिएको छ। कृषकहरुका लागि आएको अनुदान वितरणमा अनियमितता भएको उजुरीपछि अख्तियार कञ्चनपुरको टोलीले ज्ञान केन्द्रका कागजात नियन्त्रणमा लिएको हो।
अनुदान वितरणमा अनियमितता भएको भन्दै कृषि ज्ञान केन्द्र बिरुद्ध अख्तियारमा उजुरी परेको थियो । अख्तियारले कृषि ज्ञान केन्द्र कार्यालयका विभिन्न कागजात सोमवार नियन्त्रणमा लिएको निमित्त कार्यालय प्रमुख प्रकाश पाण्डेयले बताए । उजुरीका आधारमा छानबिनका लागि आवश्यक कागजपत्र नियन्त्रणमा लिएको निमित्त अख्तियार प्रमुख पाण्डेयले बताए ।
१६ असार २०७७, मंगलवार ०३:५६ बजे प्रकाशित































