देशभर थपिए ७ जना संक्रमित, १२ जना कोरोनामुक्त
देशभर पछिल्लो समय १२ सय ४९ जनाको कोरोना परीक्षणबाट ७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।
७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक उल्लेख छ। मन्त्रालयका अनुसार हाल देशभर ५६७ जना सक्रिय संक्रमित रहेका छन्। एकजनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
२३ कात्तिक २०७९, बुधवार १९:२५ बजे प्रकाशित













