प्रदेश एकमा थापाको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं – प्रदेश १ का वन, वातावरण तथा भूससंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिइएको छ ।

मन्त्री थापाको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरोलाले बताए ।

उनका अनुसार भोलि राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ। उनी कांग्रेसका प्रदेशसभाका उम्मेदवार पनि थिए ।


२३ कात्तिक २०७९, बुधवार १९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु