सागर ढकाललाई चुनाव प्रचार गर्न दिन आयोगको निर्देशन
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
डडेल्धुरालगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।
डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्याइएको भन्दै सोमबार सामाजिक सञ्जालमा गुनासो गरेका थिए।

२२ कात्तिक २०७९, मंगलवार २१:३४ बजे प्रकाशित































