punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घाँस काट्न गएका पुरुष मृत फेला

Chaupati
safha napa

सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो ।

कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए।

कार्कीले बोकेको हसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टङ्कबहादुर कार्कीले बताए । घट्नाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकिशोर साहले बताए ।


२२ कात्तिक २०७९, मंगलवार २१:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु