punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाबुले गरे दुई वर्षीया छोरीको हत्या

Chaupati
safha napa

ओखलढुंगा- सिद्धिचरण नगरपालिका -३ अधेरीमा दुई वर्षीया बालिकाको हत्या भएको छ। बुबा ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको हत्या गरेका हुन्।

राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।

राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए। घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ। मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ।

 


२२ कात्तिक २०७९, मंगलवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु