गुमेको जमिन पनि फिर्ता ल्याउँछौं: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक इन्च जमिन पनि कसैलाई मिच्न नदिने बताएका छन् । शुक्रबार दार्चुलाको सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरे ।
उनले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको बताए। ‘मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भने, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ। त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छुँ।’
कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भू–भाग फिर्ता ल्याएर छाड्ने बताए। ओलीले एमालेको देशव्यापी चुनावी अभियान दार्चुलाबाट शुभारम्भ गरेका हुन्।
१८ कात्तिक २०७९, शुक्रवार १८:३८ बजे प्रकाशित































