punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा पनि सलह किरा देखियो

Chaupati
safha napa

कैलाली,असार १५। कैलालीमा पनि सलह किरा देखिएको जनाएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिकामा सलह देखिएको त्यहाँका स्थानीय रामप्रसाद कठरियाले जानकारी दिए। खेतमा मल छर्न गएका बेला सहल जस्तै देखिने किरा आफुले देखेको उनले बताए ।

बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले पनि सलह देखिएको सुन्न आएकोले यसबारे बुझ्ने प्रयास भईरहेको जानकारी दिए । यता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कैलालीमा सहल पुगेको बारे जानकारी आएको बताए ।

केहि त स्थानीयले पनि मारेकोले त्यसबारे थप बुझेपछि मात्रै सलह किरा हो या होईन भन्नेबारे यकिन हुने उनले बताए । आईतवार प्रदेश सरकारले सलह मारे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय समेत गरिसकेको छ ।


१५ असार २०७७, सोमवार १०:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु