punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यातायात कार्यालयका कर्मचारी नै मोटरसाइकल चोरीमा संग्लन ! आठजना पक्राउ

Chaupati
safha napa

कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरीमा संग्लन यातायात कार्यालय धनगढीका दुई कर्मचारीसहित आठजनालाई पक्राउ गरेको छ । कर्मचारीलाई कार्यालयबाटै र अरुलाई कैलाली–कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । चोरीसँगै उनीहरु कागजात किर्तेमा पनि संग्लन रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले यातायात व्यवस्था कार्यालय धनगढी कार्यरत सहायक कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराईसहित अरुलाई पक्राउ गरेको बताए ।

उनका अनुसार उनीहरुले मोटरसाइकल सवारी चोरी गर्ने र नक्कली कागजपत्र बनाएर बिक्री गर्दै आएको खुलेको छ । उनीहरुको साथबाट आठओटा मोटरसाइकल समेत बरामद भएको एसपी मरासिनीले जानकारी दिए । उनीहरुलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने प्रहरी तयारी छ ।


१५ असार २०७७, सोमवार ०६:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु