punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धान दिवसको अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना

Chaupati
safha napa

धनगढी,असार १५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुले आज मनाउदै गरेको धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले धान हाम्रो प्रमुख उत्पादन र मुख्य कृषि बाली भएको भन्दै किसानको प्रत्साहन स्वरुप सरकारी स्तरवाट मनाइने रोपाइँ महोत्सव कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण धुमधामले मनाउन नसकिए पनि प्रदेश सरकार सधैव किसानकै साथमा रहेको बताएका छन् ।

कोभिड १९ ले आक्रान्त विश्वको अर्थतन्त्र र जनताको जिविकामा ठूलो असर पुर्याएको भएपनि कृषिवाट यी असरहरु कम गर्न सम्भव हुने स्पष्ट रहेकाले प्रदेश सरकारले कृषि क्षेत्रको विकास र वृद्धिलाई जोड दिएको उल्लेख गरेका छन् ।

भोकमरीको सामना गर्दै आएको सुदूरपश्चिममा जनताको राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार खाद्यान्नमा आत्मनिर्भरता ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण गर्न ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम’, ‘नमुना कृषिगाउँ आफै बनाउँ’ जस्ता बहुआयामिक कार्यक्रमलाई सफल पार्दै प्रदेशमा कृषि क्षेत्रमा एउटा क्रान्ति ल्याउनुछ भन्ने कुरालाई मन्तव्यमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री भट्टले भनेका छन् ‘त्यस दिशामा अझ संवेदनशीलताका साथ सोचविचार गरी अघि बढ्न म सबैमा आग्रह गर्दछु । यस वर्षको धान दिवस उत्साहका साथ मनाउन सम्पूर्ण नेपाली यस दिनले कृषि उत्पादन बढाउने राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुरुप अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।’


१५ असार २०७७, सोमवार ०६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु