punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उप–महानगरपालिकाद्वारा ५० प्रतिशत घर भाडा छुट

Chaupati
safha napa

धनगढी,असार १४ । धनगढी उप–महानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ ।उप–महानगरपालिकाले आफ्ना सपिङ्ग कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

लकडाउनका कारण ब्यावसाय ठप्प भएको भन्दै उप–महानगरपालिकाले चैत ११ गते देखि असार १ गते सम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताए । धनगढी उप–महानगरपालिकाले आफ्ना सपिङ्ग कम्प्लेक्सहरु ब्यापारीलाई भाडामा दिएको छ ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उप–महानगरपालिकाले सराहनीय निर्णय गरेको बताए । उनले अन्य सरकारी कार्यालय र संघसंस्थाहरुले पनि उप–महानगरपालिकाबाट केहि सिक्ने समय आएको बताए ।


१४ असार २०७७, आइतवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु