punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवानेता भण्डारीले दिए सञ्चारकर्मीलाई स्वास्थ तथा सौन्दर्य सामग्री

Chaupati
safha napa

धनगढी, असार १४ । नेपाली काँग्रेसका युवा नेता क्षितिज भण्डारीले कैलालीका सञ्चारकर्मीलाई स्वास्थ्य तथा सौन्दर्य सामग्री वितरण गरेका छन् । हरिपृया प्रकाश फाउन्डेसनद्वारा काठमाडौंदेखि कैलाली विभिन्न जिल्लासम्म मायाको कोसेली दिने क्रममा उनले आइतबार कैलालीका सञ्चारकर्मीलाई स्वास्थ्य तथा सौन्दर्य सामग्री प्रदान गरेका हुन् ।

महासंघका अध्यक्ष जगत साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोरोनाको जोखिममा फ्रन्टलाईनमा काम गर्ने आठ जना सञ्चारकर्मीलाई पिपिई, फेस सिल्ड, सेनेटाईजर सहितका सामग्री उपलब्ध गराए ।

सुदूरपश्चिममा कोरोना जोखिममा रहेकाहरुको सम्मानमा सबै विचारधारा आवद्ध सञ्चारकर्मीलाई स्वास्थ्य तथा मुहारमा मुस्कान ल्याउन स्वास्थ्य तथा सौन्दर्य सामग्री प्रदान गरिएको नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका नेता भण्डारीले बताए ।

सो अवसरमा नेपाली कांग्रेसकी नेतृ स्व. हरिपृया भण्डारीले जिवित रहँदा गरेको साहित्य, रेडक्रस मार्फत सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा गरेको अनुकरणीय कामको सम्झना गरिएको थियो । हरिप्रिया फाउन्डेसनले हरेक वर्ष भुकम्प, बाढीपहिरो, टोनार्डोमा लाखौंको सहयोग गर्दै आएको छ ।


१४ असार २०७७, आइतवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु