११ वर्षीया बालिका बलात्कारको आरोपमा कैलालीमा एक जना पक्राउ
कैलाली,असार,१४ । बालिका बलात्कार गरेको आरोपमा कैलालीमा १ जना लाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका २९ बर्षिय दिपेन्द्र चौधरी (कुश्मि) लाई ११ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत जेठ ३२ गते बालिकाको बलात्कार भए पनि बलात्कार पछि चौधरीले बालिकालाई समेत धम्की दिएका कारण घटना ढीलो गरी सार्वजनिक भएको हो ।
अत्यधिक रक्तस्राव भए पछि असार १० गते धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागी ल्याउदा बलात्कारको रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले अस्पतालमा कार्यरत प्रहरीले जानकारी गराए पछि बालिकाको आफन्तलाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेको बताए ।
१४ असार २०७७, आइतवार १०:०६ बजे प्रकाशित































