punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा सलह किरा संकलन गरेर ल्याए प्रतिकिलो २५ रुपैयाँ दिइने

Chaupati
safha napa

धनगढी, असार १४ । सुदूरपश्चिममा सलह किरा संकलन गरेर ल्याए किसानलाई प्रतिकिलो २५ रुपैयाँ दिइने निर्णय गरिएको छ ।

भूमि कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत गठन भएको तत्काल उद्दार समितिले आइतबार यस्तो निर्णय गरेको हो । यद्यपि सुदूरपश्चिममा अहिलेसम्म सलह किरा भित्रिएको छैन ।

मन्त्रालयले सलह किरा रोकथामका लागि पूर्वतयारी स्वरुप यस्तो निर्णय गरेको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए ।
उनले सलह किराबाट आत्तिनु पर्ने अवस्था नभएको भएपनि सजक भने हुनुपर्ने उनको भनाई छ ।

सलह किरा सानो झुन्डका रुपमा नेपालमा पूर्वबाट भित्रिसकेको छ ।


१४ असार २०७७, आइतवार ०९:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु