धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान धनगढी उपमहानगरपालिका- १३ कैलालीगाँउ जाने भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी आफैंले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालामा पल्टेको थियो। ओझालाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
२८ असोज २०७९, शुक्रवार १३:१८ बजे प्रकाशित































