बैतडीको पाटनमा घर बनाउँदा नक्सा पास अनिवार्य
बैतडीको पाटन नगरपालिकाभित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नु पर्ने जनाएको हो । यसअघि नक्सा पास नगरी घर निर्माण गरेका घरधनीहरूलाई पनि नक्सा पासको प्रक्रियामा आउन ३५ दिनको समय तोकिएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘नगरपालिका क्षेत्रभित्र अब निर्माण गरिने सम्पूर्ण सरकारी, गैरसरकारी तथा निजी भवनहरू स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नक्सा पास गरी अनुमती लिएर मात्रै निर्माण गर्नुपर्नेछ ।’
२८ असोज २०७९, शुक्रवार १३:१२ बजे प्रकाशित































