punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

Chaupati
safha napa

धनगढी असार १४ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । शनिबार थप २२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ७६ पुगेको हो । जसमध्ये ४२४ जना महिला र १६ सय ५२ पुरुष छन् ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ११६ जना, वीर अस्पतालको प्रयोगशालामा ६, शिक्षण अस्पतालको प्रयोगशालामा ६२ र सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म प्रदेशमा ३५८ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । संक्रमितमध्ये कैलालीका ५७७, कञ्चनपुरका ३०७, अछामका १३३, डडेल्धुराका २२६, दार्चुलाका १६ जना छन् । बझाङका ७२, बैतडीका २३१, डोटीका ३२३ र बाजुराका १९१ जनामा कोरोना संक्रमण पुष्टि हो ।

प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार क्यान्सरको उपचारमा रहेका कैलाली गोदावरी नगरपालिका–५० वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा कोभिड–१९ को संक्रमणका कारण ज्यान गएको थियो ।


१४ असार २०७७, आइतवार ०३:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु