punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरियाबाट बझाङ तर्फ गइरहेको बस र ट्रक एक आपसमा ठोक्किदा १५ जना घाइते

Chaupati
safha napa

कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक एक आपसमा ठोक्किएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका हुन् ।

ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान सुदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन्।

घाइते २ जनालाई धनगढी ल्याइएको भने अन्यलाई जिल्ला अस्पताल डडेल्धुरामा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार रहेका प्रहरीले जनाएको छ ।


१७ असोज २०७९, सोमवार १६:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु