punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विक लगातार चौथो पटक समानुपातिक सूचीमा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका दलित अगुवा गणेश विक सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यका लागि चौथो पटक समानुपातिक सूचीमा परेका छन् । यसअघि तीन पटक समानुपातिक सूचीमा परे पनि उनी सो प्रणालीबाट निर्वाचित हुन सकेका थिएनन्।  ५२ वर्षीय विक यसअघि नेकपा [एमाले] बाट ०६४ र ०७० संविधान सभा सदस्यमा र ०७४ मा प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा परेका थिए ।

एमाले विभाजनपछि माधव नेपाल नेतृत्वमा रहेको नेकपा  [एकीकृत समाजवादी] मा लाग्नु भएका सो पार्टीका पोलिटव्युरो सदस्य विक त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दे छन् । यस पटक विक एकीकृत समाजवादीबाट समानुपातिक सूचीमा परेका हुन् । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङमा जन्मनु भएका विक धनगढी उपमहानगरपालिकाको मतदाता रहनु भएको छ ।

“मैले आरजू राणा देउवा चुनावमा नउठ्ने भएपछि मलाई कैलाली क्षेत्र नम्बर ५ बाट गठबन्धनको उम्मेदवार बनाउन पार्टी अध्यक्ष माधव नेपाललाई भनेको थिए तर परिस्थितिले साथ दिएन त्यसैले फेरि समानुपातिक उम्मेदवार बन्ने अवस्था आएको छ” उनले भने। विद्यार्थी राजनीति हुँदै पार्टीको नेतृत्वमा पुगेका विक हालिया मुक्तिका र पुनर्स्थापनाका लागि समेत दुई दशकदेखि कार्यरत छन् ।


१७ असोज २०७९, सोमवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु