punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा पनि प्रवेश गर्‍यो सलह किरा

Chaupati
safha napa

काठमाडौँ,असार १३ । नेपालमा सलत किरा प्रवेश गरेका छन् । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका हुन् । बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए।

हुमागाइँका अनुसार नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको उनले बताए । नेपाल प्रवेश गरेको सलह कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका विज्ञहरुले अध्ययन गर्नुपर्ने उनले बताए ।

मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने हुमागाइँले बताए । ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने पनि हुमागाईँले जानकारी दिएका छन्।

पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने उनको अनुमान छ ।


१३ असार २०७७, शनिवार ०६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु