क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक पुरुषको मृत्यु
बैतडी,असार १३ । बैतडीमा क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय पुरुषको शनिबार मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतक पुरुष दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुलाई खाना पकाउने (भान्से) को काम गर्दै आएका थिए ।
शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका ती व्यक्तीको उपचारको लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक ती व्यक्ती २ महिनादेखि क्वारेन्टाइनमा खाना बनाउने काममा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए ।
१३ असार २०७७, शनिवार ०८:४२ बजे प्रकाशित































