punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

चितवन,असार १३ । चितवनको भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ । शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए ।

उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।


१३ असार २०७७, शनिवार ०६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु