punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरा अस्पतालले पनि पायो कोरोना परीक्षणको अनुमति

Chaupati
safha napa

डडेल्धुरा, असार १२
डडेल्धुरा अस्पतालले पनि कोरोना भाइरस परीक्षणको अनुमति पाएको छ । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि थप १० अस्पतालबाट पिसिआर विधिबाट स्वाब परीक्षण गर्ने अनुमित दिएअनुसार डडेल्धुरा अस्पतालले पनि परीक्षणको अनुमति पाएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो। यसअघि उपत्यकासहित सातै प्रदेशका २३ अस्पतालमा पिसिआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए।

पछिल्लो समय संक्रमित संख्या बढ्दै गएको र देशभरका प्रयोगशालामा नमुना धेरै समय रोकिएपछि मन्त्रालयले थप १० अस्पतालका प्रयोगशालालाई परीक्षणको अनुमति दिएको बताइएको छ।

थपिएका थप प्रयोगशालामा मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरि अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालका प्रयोगशाला छन्। यसअघि सातै प्रदेशका २३ अस्पतालमा आरटी पिसिआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए।

यी प्रयोगशालामा दैनिक ६ हजारभन्दा बढी नमुना परीक्षण हुँदै आएका थिए। अब नयाँ थप भएसंगै परीक्षणको दायरा बढ्नेछ ।


१२ असार २०७७, शुक्रवार १३:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु