punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप २१९ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा दुई सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

धनगढी स्थित कोरोना परिक्षण प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर चितवन प्रयोगशालामा गरिएको परिक्षणमा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा अछाम १ पुरुष, बैतडीका ५ महिल २० पुरुष, बझाङका ३ महिला ६ पुरुष, बाजुरका १० महिला १७ पुरुष, दार्चुलाका ३ पुरुष, डाटीका १७ महिला २९ पुरुष, कैलाली ८ महिला २२ पुरुष र कञ्चनपुरका ८ महिला र ३४ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यसैगरी भरतपुर अस्पतालमा गरिएको परिक्षणमा कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

शुक्रबार नै धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको चुरेका ५, भजनी त्रिशक्ति नगरपालिकाका २, पुर्विचौकी गाउँपालिका डोटीमा १२, डोटीका १३, पञ्चेश्वर गाउँपालिका बैतडीका २ र  भिमदत्त नगरपालिका कञ्चनपुरका १ जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार ८ सय ८६ जना पुगेको छ ।


१२ असार २०७७, शुक्रवार ११:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु