punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस परित्याग गरेको दिव्यश्वरी शाहको घोषणा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्यश्वरी शाहले नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेकी छन् । आजै यसबारे पार्टीलाई जानकारी दिने उनले बताइन् ।

‘पार्टी छोड्ने यो मेरो निर्णय हो कसैले भनेर मैले कांग्रेस छोड्न लागेकी होइनु, उनले भनिन्, ‘आजै दिउँसो कांग्रेस छोडेको जानकारी पार्टीलाई गराउँदैछु ।’

पछिल्लो समय कांग्रेस आफ्नो नीतिमा नरहेपछि आफूले पार्टी छोड्ने निर्णय गरेको उनले बताइन् । कांग्रेसबाट समानुपातिकमार्फत प्रदेशसभा सदस्य भएकी शाह यहाँकी जेष्ठ सदस्य हुन् । उनी ८९ वर्षकी भइन् ।

सभामुख चयन हुनु पहिले जेष्ठ सदस्यको हैसियतले शाहले बैठक सञ्चालन गरेकी थिइन् । उनले कांग्रेस परित्याग गरेर आफू नेपाली कांग्रेस बीपीमा प्रवेश गर्न लागेको समेत जानकारी दिइन् ।


७ असोज २०७९, शुक्रवार १०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु