धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–१६ स्थित उल्टापानी भन्ने नालामा घोराहीतर्फ जादै गरेको से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँमा ४३ वर्षीय हरीप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बिहीबार राती दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । ट्रयाक्टर आफै अनियन्त्रीत भएर नालामा पल्टिएको हो । मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
७ असोज २०७९, शुक्रवार ०८:२० बजे प्रकाशित































