punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते

Chaupati
safha napa

बाजुरामा भालुको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । बाजुराको बुढिगंगा नगरपालिका ९ बस्ने ५९ बर्षिय पुरन सेराला गम्भिर घाइते भएको स्थानिय मनोज सेरालाले बताएका छन् ।गाउँ नजिकै मेलडाडा जंगलमा मंगलवार दिउँसो गोरु चराइरहेको बेला भालुको आक्रमण परि गम्भिर घाइते भएका हुन् ।

घाइते पुरन सेरालालाई अछामको बयलपाटा अस्पतालमा उपचारका लागि लगिएको स्थानिय कृष्ण सेरालाले बताए । उनको टाउको, छाति र खुट्टामा गम्भिर चोट लागेको छ । आर्थिक अबस्था कमजोर भएका पुरनको उपचारमा समस्या हुने स्थानियले बताएका छन् ।


२९ भदौ २०७९, बुधवार १०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु