punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिक्षकले पारिश्रमिक पाएनन्

Chaupati
safha napa

कैलालीको जानकी गाउँपालिकाले लक्ष्यअनुसार आन्तरिक राजस्व उठाउन नसक्दा शिक्षक कर्मचारीहरू पारिश्रमिक पाउनबाट वञ्चित भएका छन्। गत वर्ष पालिकाको लक्ष्यअनुसार आम्दानी नभएपछि बाल विकास शिक्षक, विद्यालय कर्मचारीले चार महिना र निजी शिक्षकले छ महिनाको पारिश्रमिक नपाएका हुन्।

बाल विकास शिक्षक र कर्मचारीलाई सङ्घीय सरकारबाट मासिक आठ हजार र पालिकाका तर्फबाट मासिक सात हजार रुपियाँ थप दिनुपर्ने हुन्छ। यसरी दिनुपर्ने बाल विकास शिक्षक र कर्मचारीको पारिश्रमिक २४ लाख २२ हजार रुपियाँ छ भने निजी शिक्षकलाई ३८ लाख ४० हजार गरेर ६२ लाख ६४ हजार रुपियाँ छ।

जानकी गाउँपालिकाको आव २०७८/७९ को गाउँ सभाले निजी स्रोतमा कार्यरत विद्यालय शिक्षकलाई मासिक प्रावि तहमा नौ हजार, निमावि तहमा ११ हजार र मावि तहमा १३ हजार रुपियाँका दरले अनुदान दिने नीति लिएको थियो।

‘गत वर्ष आन्तरिक आयको लक्ष्य पाँच करोड ३८ लाख राखिएकोमा यथार्थ एक करोड तीन लाख मात्रै उठ्यो” लेखा अधिकृत दिनेश माझीले भने, ‘यस वर्ष राजस्व बाँटफाँडबाट राख्ने कि भन्नेमा पुगेका छौँ।’ तलब नपाएपछि त्यहाँका शिक्षक कर्मचारी भदौ २३ देखि विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएपछि पालिकाले गत वर्षको बाँकी दायित्व यस वर्ष तिर्ने भनेर तीन दिनपछि लिखित सम्झौता गरेको छ।

बाल विकास, विद्यालय कर्मचारी तथा निजी शिक्षक संयुक्त संघर्ष समितिका संयोजक मोतीलाल चौधरीले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको र अब दशैँअघि नै सबै पारिश्रमिक पाउनेमा आशावादी भएको बताए।

चालू वर्षमा तीन करोड २९ लाख आन्तरिक आय हुने अनुमान गरिएको छ तर पालिकाले गत वर्षको ६३ लाख, यस वर्ष बाल विकास र विद्यालय कर्मचारीका लागि ९० लाख र निजी शिक्षकका लागि ८५ लाख गरेर शिक्षक अनुदान मात्रै दुई करोड ३८ लाख बजेट आवश्यक रहेको शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी बताउछन् । जानकीले पदाधिकारीको सुविधामा एक करोड ३५ लाख खर्च गर्नुपर्नेछ।


२९ भदौ २०७९, बुधवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु