punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सशस्त्रमा थपियो एक एआईजीको दरबन्दी

Chaupati
safha napa

सरकारले सशस्त्र प्रहरी बलमा एक एआईजीको दरबन्दी थप गरेको छ। भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले एक एआइजीको दरबन्दी थप गरेको हो।

एक एआईजी थप गरेको निर्णय अहिलेसम्म गुपचुप राखिएको छ। सशस्त्रमा २ एआइजीको दरबन्दी भएकोमा १ थप भएसँगै ३ पुगेको छ। कार्य तथा सीमा सुरक्षा विभागलाई अलग अलग गरेर २ वटा विभाग बनाइएको छ। थप भएको एआईजीको दरबन्दी भदौ २७ गते प्रहरी किताबखानामा दर्ता समेत भइसकेको छ।

थप भएको १ एआईजी पदमा डीआईजी वंशीधर दाहाललाई बढुवा गर्ने तयारी सरकारको छ।दाहाल एआइजी भएको अवस्थामा हालका आइजी राजु अर्यालपछि आईजी बन्ने समेत सम्भावना रहन्छ।


२९ भदौ २०७९, बुधवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु