punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जापानका लागि उडेको वाइडबडीमा धुवाँ आएपछि काठमाडौं फर्काइयो

Chaupati
safha napa

यात्रु लिएर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट धुवाँ निस्किएपछि काठमाडौं नै फर्काइएको छ।

मंगलबार राति १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौं नै फर्काइएको हो।

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको विमान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल छाडेको आधा घण्टामै फर्काइएको हो।

निगमका अधिकारीका अनुसार विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको संकेत ककपिटमा देखिएपछि चालक दलले जहाज काठमाडौं नै फर्काएका हुन्।


२९ भदौ २०७९, बुधवार ०८:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु