सुदूरपश्चिममा थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
धनगढी, असार १०
सुदूरपश्चिममा थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा भएको परीक्षणमा कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो।
यसअघि कञ्चनपुरकै दुई जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तै डडेल्धुरा अस्पताल र सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना देखिएको थियो।
बाजुरमा पनि ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो। संक्रमित स्वास्थ्यकर्मीको विभिन्न स्थानमा उपचार भइरहेको छ ।
१० असार २०७७, बुधवार ०९:४८ बजे प्रकाशित































