punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीएमआरलाई पश्चिम सेती सुम्पेको भन्दै भीम रावलको आपत्ति

Chaupati
safha napa

नेकपा एमालेका नेता भीमबहादुर रावलले पश्चिम सेती जलविद्युत् आयोजना र माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतलाई दिएकोमा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रावलले आपत्ति जनाएका हुन्।

उनले माथिल्लो कर्णाली आयोजना निर्माण गर्नको लागि जिम्मा लिएको जीएमआरले समयमा नै आयोजना सम्पन्न गर्न नसकेकाले सम्झौता अनुरूप क्षतिपूर्ति दिनुपर्नेमा उल्टै त्यही कम्पनीलाई पश्चिम सेती पनि सुम्पिएको भन्दै आपत्ति जनाए।

‘सम्झौताको नियम उल्लंघन गरेकाले उक्त कम्पनीले नेपाल सरकारलाई २ अर्ब रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने हो। तर सरकार सम्झौता विपरीत जिएमआर कम्पनीको स्वार्थ साधन गरिरहेको देखिन्छ’, रावलले भने। यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजना १४ वर्षदेखि ओगटेर बसेको भन्दै उनले विरोध जनाए।


२२ भदौ २०७९, बुधवार १५:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु