punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुर अस्पतालमा थप ५ जनामा डेँगु

Chaupati
safha napa

कैलालीको टीकापुर अस्पतालमा थप पाँच जनामा डेँगु देखिएको छ। यो संख्या पछिल्लो एकसातामा मात्रै थपिएको हो। डेँगुका बिरामीमा चार जना टीकापुर नगरपालिका र एक जना लम्कीचुहा नगरपालिकाका रहेका छन्। उनीहरुको उपचार भैरहेको सह व्यवस्थापक उपेन्द्र शाहले जानकारी दिए।

पछिल्लो केही दिन यता अस्पतालमा डेँगुका बिरामीको संख्या ह्वात्तै बढेको छ। अझै कतिपय बिरामीहरु उपचारका लागि अस्पताल नपुगेकाले यो संख्या धेरै हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन्।

कतिपय बिरामी भने भरपर्दो उपचारका लागि नेपालगञ्ज लगायतका ठाउँमा गएका छन्। उनीहरुको आधिकारिक रेकर्ड टीकापुर नगरपालिकामा नरहेको बताईन्छ। केही व्यक्तिहरु स्वास्थ्य समस्या गम्भिर भएपछि उपचारका लागि नेपालगञ्ज पुगेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।

यसअघि टीकापुर अस्पतालमा नौ जनामा डेँगु देखिएको थियो। यो संख्या साउन १ गतेदेखी भदौ १६ गतेसम्मको हो। नौ जना मध्ये टीकापुर नगरपालिकाका ३ जना, जोशीपुर गाउँपालिकाका २ जना र जानकी गाउँपालिकाका ४ जना रहेका छन्। उनीहरु मध्ये धेरैजसो उपचार पछि घर फर्किएका छन्।

उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महशुस हुने लगायतका लक्षण देखिएका थिए। यो रोग एडिस जातको लामखुट्टेले मानिसमा सार्ने गर्छ। यसले सफा पानीमा फूल पार्ने र त्यहीबाट मानिसमा सार्ने गर्छ। लार्भाका स्रोतहरु पानी जमेका डब्बाहरु, प्लाष्टिकका बोत्तल, प्लाष्टिकका खोल, टायर, सिसी, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानीका ट्याङ्की हुन्।


२२ भदौ २०७९, बुधवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु