punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्षकी श्रीमतीद्वारा भान्छेबाट राजीनामा

Chaupati
safha napa

अछामको रामारोशन गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीलाई थप अधिकारसहित भान्छे नियुक्ति गरेको समाचार बाहिरिएपछि भान्छेबाट राजीनामा दिएका छन् । जनस्तरमा व्यापक आलोचना भएको भन्दै गाउँपालिकाले अध्यक्षकी श्रीमती जयसरा साउँदको राजीनामासँगै उनले बुझेको ३१ हजार ६३० रुपियाँ गाउँपालिकाको सञ्चित कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए । जेठको आधा र असार महिनाको गरेर डेढ महिनाको रकम फिर्ता गरिएको बताइएको छ।

गाउँपालिका अध्यक्ष मानबहादुर साउदले आफू विजयी हुनेबित्तिकै श्रीमती जयसरालाई भान्छेसँगै आफू गएको ठाउँमा जाने र भत्ता पाउने गरी नियुक्त गराएका थिए । राजीनामा स्वीकृतिसँगै भान्छे पदसँग गरिएको सम्झौतासमेत रद्द भएको बताइएको छ। श्रीमतीलाई भान्छे नियुक्तिको सूचना बाहिरिएपछि अधिकांशले शक्तिको दुरुपयोग गरेर आफ्नी श्रीमतीलाई भान्छे नियुक्त गरेको भन्दै कडा विरोध गरेका थिए।

 


२१ भदौ २०७९, मंगलवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु