माधव नेपाल रौतहट-१ बाट एकल उम्मेदवार सिफारिस
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर -१ बाट आगामी आम निर्वाचनका लागि प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचनमा सिफारिस भएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल त्यस क्षेत्रबाट एकल सिफारिस भएका हुन् । २०७४ सालको निर्वाचनमा नेपाल त्यसै क्षेत्रबाट नेकपा एमालेको उम्मेदवारका रुपमा विजयी बनेका थिए । अहिले भने गठबन्धनको सहयोगमा नेकपा एसबाट उम्मेदवार बन्न लागेका हुन् ।
१८ भदौ २०७९, शनिवार २०:३८ बजे प्रकाशित































