punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवा संघ नेपालले सुरु गर्‍यो महाकाली-मेची जागरण अभियान

Chaupati
safha napa

युवा संघ नेपालले महाकाली-मेची जागरण अभियान सुरु गरेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट शुक्रबार बिहान सुरु भएको अभियान महाकाली नदीमा नुहाएर सुरु गरिएको हो । युवा संघको नेतृत्वमा गएको टोलीले सिमानामा राष्ट्रिय झण्डा गाड्दै राष्ट्रियताको पक्षमा नेपाली युवाहरू निरन्तर लागि पर्ने प्रतिबद्धता जाहेर गर्दै कोणसभा समेत सम्पन्न गरेको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा विभाग प्रमुख डा. विजय पौडेल, राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम इन्चार्ज गरिमा शाह, श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, पोलिटब्युरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज दिलु पन्त, केन्द्रीय सदस्य तथा युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले सम्बोधन गरेका थिए ।

जागरण अभियान भदौ १५ देखि २३ सम्म महाकाली मेची जागरण अभियानका रूपमा तराईका २२ जिल्ला हुँदै मेची नदीमा पुगेर टुंगिने युवा संघका महासचिव सन्जिप राईले बताए ।


१७ भदौ २०७९, शुक्रवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु