एमालेमा जान लागेपछि सुदूरपश्चिमका राज्यमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेका हुन् । चौधरी एमालेमा प्रवेश गर्न लागेको सूचनापछि उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
भौतिक पूर्वाधार राज्यमन्त्री रहेका चौधरी एकीकृत समाजवादीका नेता हुन् । उनी २०७४ को चुनावमा कञ्चनपुर १ को ख बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली धनगढीमै आयोजना हुने कार्यक्रममा लागि त्यहाँ पुगिसेका छन् । एकीकृत समाजवादीका अन्य नेताहरू पनि आज एमाले प्रवेश गर्ने चर्चा छ ।
१५ भदौ २०७९, बुधवार १५:१३ बजे प्रकाशित































