punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सूदुरपश्चिममा एसका दुई सांसद एमाले फर्किए, फेरियाे संसदीय अंकगणित

Chaupati
safha napa

पूर्व मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेशमा मन्त्रीबाट हटाइएका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीसहितका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् । चुनावको मुखमा नेकपा एसबाट नेताहरू एमाले फर्किएसँगै सुदूरपश्चिममा कमजोर देखिएको एमालेले शक्ति आर्जन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू बुधबार एमाले प्रवेश गरेका छन् । बुधबार कञ्चनपुर पुगेका नेकपा एमालेका पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टीलाई झट्का लागेको छ।

यस्तै माओवादी केन्द्रबाट शंकरदत्त जोशी, मोहन गिरिलगायतका नेताहरू एमाले प्रवेश गरेका छन् । योसँगै अन्य विभिन्न पार्टी सयौँ कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन् ।

सुदूरपश्चिममा पहिलो दल बन्यो माओवादी
एमाले विभाजन भएर नेकपा (एस) गठन भएपछि दल रोज्ने क्रममा सुदूरपश्चिम प्रदेशसभामा नेकपा ९एस० १४ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको थियो । तर, अब प्रदेशसभामा सो पार्टीका १२ सदस्य मात्रै बाँकी रहेका छन् ।

प्रदेशसभामा अब नेकपा माओवादी केन्द्र १३ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै कांग्रेस ११ र एमालेमा १० जना प्रदेश सदस्य रहेका छन् । यस्तै जसपा र लोसपाका एकरएक जना प्रदेश सदस्य रहेका छन् । नेकपा एसका २ जना एमालेतर्फ लागेपछि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बनेको हो ।

हाल प्रदेशसभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य ९तारा लामा तामाङ र कुलवीर चौधरी० एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् ।

१४ प्रदेशसभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका २ सदस्य निलम्बनमा परेमा अब एससँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन् । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एकजना ९झपट बोहरा० एमालेमा गएसँगै माओवादीसँग १३ जना मात्रै थिए ।

२०७४ को निर्वाचनपछि २४ प्रदेशसभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित हुँदा १४ प्रदेशसभा सदस्यसहित नेकपा एस प्रदेशसभाको ठूलो दल बनेको थियो ।

५३ प्रदेश सदस्य रहेको प्रदेशसभामा थप दुईजना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । ५३ मध्ये एकजना सभामुख र एकजना उपसभामुख रहेका छन् । हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन् ।


१५ भदौ २०७९, बुधवार १८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु