punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चट्याङ लागेर तीजको नाचगान गरिरहेका दुई किशोरीको मृत्यु

Chaupati
safha napa

दाङमा चट्याङ लागेर मंगलबार राति तीजको नाचगान गरिरहेका दुई जना किशोरीको मृत्यु भएको छ ।

चट्याङ लागेर घोराही उपमहानगरपालिका-१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

गुरौगाउँका १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मोनिसा शाहको चट्याङ लागेर मृत्यु भएको उनले बताए ।

घटनामा एकदर्जनभन्दा बढी महिला घाइते भएको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।

 


१५ भदौ २०७९, बुधवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु